पाँच संसदीय समितिको बैठक बस्दै
nepalnews.com · Thu Aug 13 01:22:33 GMT 2026

काठमाडौँ । संघीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ ।
बिहान ९:३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ । बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘ अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)