मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

प्रेरक प्रसंग : शिष्टताको शिक्षा

nayapatrikadaily.com · Thu Apr 04 00:17:00 UTC 2024

एकजना वैद्य आफ्ना ज्ञानका कारण प्रसिद्ध थिए । उनीकहाँ पु¥याइसकेपछि बिरामीको जीवनरक्षा हुनेमा धेरैको विश्वास थियो । उनी बिरामीलाई दिने औषधिका साथै उनको अमूल्य सल्लाहको लागि पनि समाजमा निकै प्रसिद्ध थिए । उनी जति कुशल चिकित्सक थिए, उति नै राम्रो मन भएका मानिस पनि थिए ।

एकपटकको कुरा हो, ती वैद्यका एकजना चिर–परिचित मित्रले उनलाई सोधे, ‘वैद्यजी, तपाईंजति शिष्ट, सभ्य र मिठो बोल्ने मानिस यो संसारमा सायदै कोही होला । त्यसैले म यो थाहा पाउन चाहन्छु कि तपाईंले यस्तो अमूल्य शिष्टता र सभ्यता कहाँबाट कसरी सिक्नुभयो ?’ ती मित्रको जिज्ञासा सुन्नासाथ ती वैद्यले जवाफ दिए, ‘अशिष्ट र असभ्य मानिसबाट ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)