मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपामा टिकट वितरणका लागि अङ्क प्रणाली, प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशतसम्म भार

tourismface.com · Wed Oct 14 14:58:29 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा पार्टी नेतृत्वको व्यक्तिगत निर्णयभन्दा निर्धारित मापदण्ड, मूल्याङ्कन र सदस्यको मतलाई प्राथमिकता दिने नीति अघि सारेको छ। पार्टीले बुधबार सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ मा आवेदनदेखि तालिम, मूल्याङ्कन र प्रारम्भिक निर्वाचनसम्मका चरण समेटिएका छन्।

नेपालको राजनीतिमा उम्मेदवार छनोट गर्दा नेतृत्वसँगको निकटता, गुटगत समीकरण र आर्थिक प्रभावले भूमिका खेल्ने गरेको आलोचना हुँदै आएको छ। यही अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्यसहित रास्वपाले उम्मेदवार छनोटलाई अङ्कमा आधारित र प्रक्रियामुखी बनाउने प्रस्ताव गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)