मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरुङमार्गमा उल्झन

ekantipur.com · Tue Mar 19 00:38:14 GMT 2024

राजधानी नजिकैको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण केही दिनदेखि ठप्पै भएका समाचारहरू आइरहेका छन् । निर्माणस्थल वरपरका स्थानीयको मागमा राज्य वा सम्बन्धित निकायबाट बेवास्ता भएपछि अवरोध गरिएको भनिएको छ । यसमा राज्यले तत्काल चासो दिएर समस्या समाधानतिर लाग्न आवश्यक छ ।

लगभग अन्त्यतिर पुगिसकेको काम रोकिन पुग्दा समय घर्कन्छ र लागत खर्च पनि थपिन जान्छ । नागढुंगाको पट्यारलाग्दो उकालो र ओरालोमा हुने चर्को सवारी जामबाट यात्रुलाई मुक्ति दिने हेतुले निर्माण भइरहेको यो सुरुङमार्ग देशकै लागि नमुना आयोजना पनि हो । यस्तो महत्त्वपूर्ण आयोजनामा पटकपटक अवरोध आइरहँदा राज्य मूकदर्शक बन्नु उदेकलाग्दो विषय हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)