ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी
barnanmedia.com · Wed Oct 14 15:24:41 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा तेल, ग्यास तथा खनिजको विशाल भण्डार अन्वेषण गर्ने तयारी भइरहेको बताउनुभएको छ । उहाँले ग्रिनल्यान्डलाई अमेरिका र युरोपको सुरक्षाका दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गर्नुभएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको अन्वेषण सुरु गर्ने तयारी भइरहेको बताउनुभएको हो । उहाँले विज्ञलाई उद्धृत गर्दै त्यहाँ सहजै निकाल्न सकिने तेलको मात्रा विश्वका अन्य स्थानको तुलनामा निकै धेरै रहेको दाबी गर्नुभयो । यद्यपि, सम्भावित अमेरिकी संलग्नताबारे उहाँले विस्तृत जानकारी दिनुभएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)