सीमा क्षेत्रमा कडाइ, २४ घण्टामै सात लाखका सामान बरामद
gorkhapatraonline.com · Tue Jun 09 02:22:13 GMT 2026

पश्चिम नवलपरासी प्रहरीले सीमा क्षेत्रबाट हुने अवैध चोरी–तस्करी तथा भन्सार छलीविरुद्धको अभियानलाई तीव्र बनाएसँगै जिल्लामा यस्ता गतिविधि घट्दै गएको जनाएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै हुने अवैध आयात–निर्यात नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय तथा मातहतका सुरक्षा निकायले विशेष रणनीतिसहित निगरानी बढाएका हुन्।
प्रहरीको बढ्दो सक्रियताका कारण पछिल्लो २४ घण्टामा मात्रै जिल्लाका विभिन्न स्थानबाट झण्डै सात लाख रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन नियन्त्रणमा लिइएको छ। खाद्यान्न, पशुचौपाया, अवैध ब्रोइलर कुखुरा, लत्ताकपडा, चिजबिज तथा किराना सामग्री भन्सार छली गरी ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको हो। बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी
भन्सार विभाग