मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाद्वारा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा सार्वजनिक

saralpatrika.com · Wed Oct 14 15:46:43 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ। पार्टीले सार्वजनिक गरेको उक्त रूपरेखामा उम्मेदवार छनोटको प्रक्रिया, विशेषाधिकारको प्रयोग र विशेष परिस्थितिको व्यवस्थालाई समेटिएको छ।

नयाँ व्यवस्थाअनुसार पार्टी सचिवालयले तोकिएका पदहरूमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्नेछ। यस्तो अधिकार गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका लागि लागू हुनेछ। त्यस्तै, महानगरपालिकाको हकमा वडा सदस्य, वडा अध्यक्ष, उपप्रमुख र प्रमुख पदका उम्मेदवार छनोटमा पनि सचिवालयले १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्नेछ। यस्तो निर्णयका लागि केन्द्रीय समितिबाट अनुमोदन अनिवार्य गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)