राजदूत ढकालले गरे कार्यभार ग्रहण
ratopati.com
कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले आफ्नो कार्यभार ग्रहण गरेका छन्। उनले बुधवार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार ग्रहण गरेका हुन्। राजदूतावास दोहामा आयोजित कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गरेका थिए।
उक्त अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल (कतार द्विपक्षीय सम्बन्ध बारे जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)