पीएसजी बन्यो यूईएफए सुपर कप च्याम्पियन
himalpress.com · Thu Aug 13 02:44:05 GMT 2026
काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार दोस्रो वर्ष यूईएफए सुपर कप च्याम्पियन बनेको छ। बुधबार अस्ट्रियाको साल्जबर्गमा इंग्लिस क्लब एस्टन भिल्लाविरुद्व २–१ को रोमाञ्चक जित निकाल्दै फ्रेन्च क्लब पीएसजीलाई जित निकालेको हो। जितका लागि ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएले गोल गरे । एस्टन भिल्लाका लागि बार्यन माड्जोले गोल फर्काए।
खेलको २०औँ मिनेटमा क्वारात्स्खेलियाको गोलमार्फत पीएसजीले अग्रता लिएको थियो ।पहिलो हाफको अन्तिम मिनेटमा माड्जोले एस्टन भिल्लालाई बराबरीमा ल्याए। डुएले ६१औँ मिनेटमा गोल गर्दै पीएसजीलाई रोमाञ्चक जित दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)