काठमाडौं प्रहरीद्वारा एकैसाथ आधा दर्जन क्यासिनोमा छापा
lokaantar.com · Wed Jul 13 16:59:47 GMT 2022
काठमाडौं प्रहरीको टोलीले राजधानीको आधा दर्जन क्यासिनोमा छापा मारेको छ । नेपालीहरु क्यासिनोमा प्रवेश गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । बुधबार प्रहरीले होटल सोल्टीको क्यासिनो मजोङ, हायातको क्यासिनो प्राइड तथा छाया सेन्टरको क्यासिनोमा छापा मारेको जनाइएको छ ।
यस्तै होटल मल्लको क्यासिनो बल्स, दरबारमार्गको क्यासिनो प्यालेस र होटल मेरियटको क्यासिनो डेल्टिनमापनि एकसाथ छापा मारिएको प्रहरी स्रोतको भनाइ छ । सो मध्ये एक क्यासिनोमा संकास्पद ४ जना फेला परेकामा उनीहरुको साथबाट भारतीय आधार कार्ड फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले कसैलाई पनि नियन्त्रणमा नलिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)