काला सागरमा ड्रोन आक्रमणमा रुसको सङ्लग्नताको आशङ्का, ११ जना बेपत्ता
ratopati.com · Wed Oct 14 16:23:23 GMT 2026

काठमाडौँ । बुल्गेरियाले गत साता काला सागरमा चारवटा व्यावसायिक जहाजमाथि भएका ड्रोन आक्रमणमा रुसको सङ्लग्नता हुन सक्ने आशङ्का व्यक्त गरेको छ। आक्रमणमा दुईवटा जहाज डुबेका छन् । यद्यपि, रुसी सङ्लग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको बुल्गेरियाले जनाएको छ।
आक्रमणपछि बेपत्ता भएका ११ जना चालक दलका सदस्यको खोजीकार्य जारी छ। अन्य पाँचजनालाई उद्धार गरिएको छ। आक्रमण बुल्गेरियाको विशेष आर्थिक क्षेत्र (ईइजेड) र आसपासको जलक्षेत्रमा भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)