मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभाले आज चुन्दैछ उपसभामुख, रास्वपाकी इन्दिरा कि कांग्रेसकी मुक्ता ?

shilapatra.com · Sat Jan 21 00:30:00 GMT 2023

आज प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन हुँदै छ । यसका लागि दिउँसाे १ बजे संसद् बैठक बस्ने छ । साेही बैठकमा उपसभामुख चयनका लागि मत विभाजन गरिने छ । हिजो शुक्रबार उम्मेदवारी दर्ता गरिएको थियो ।

उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराएकी छन् । नेपाली कांग्रेसका तर्फबाट मुक्ताकुमारी यादवकाे उम्मेदवारी परेकाे छ । यादवलाई उपसभामुख बनाउनुपर्ने प्रस्तावमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे प्रस्तावक छन् भने लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी समर्थक छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)