विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य
khabarhub.com · Wed Oct 14 16:37:46 GMT 2026

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको छ । संशोधित व्यवस्थाअनुसार निर्माण, घरजग्गा, लेखापरीक्षण र सूचना प्रविधिसम्बन्धी निश्चित क्षेत्रमा विदेशी लगानीका लागि कम्तीमा २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य गरिएको छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित राखिएका छन् ।
आर्थिक विकास, यातायात तथा व्यापारमन्त्री मोहम्मद सइदका अनुसार १५ मिलियन अमेरिकी डलरभन्दा कम मूल्यका निर्माण परियोजना र १०० मिलियन डलरभन्दा कम मूल्यका घरजग्गा परियोजनामा विदेशी लगानी गर्न माल्दिभियन नागरिकको कम्तीमा २५ प्रतिशत हिस्सेदारी हुनुपर्नेछ। लेखापरीक्षण र सूचना प्रविधि सेवामा पनि यही नियम लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)