मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई अर्ब हुण्डी प्रकरण विवादमा मुछिएपछि पर्साका जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ता काठमाडौँ तानिए

hamrakura.com · Wed Oct 14 00:00:00 GMT 2026

वीरगञ्ज । दुई अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबारसम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयको भूमिकामाथि प्रश्न उठेको समाचार प्रकाशित भएको भोलिपल्ट जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्तालाई महान्यायाधिवक्ताको कार्यालय, काठमाडौँमा कामकाज गर्ने गरी तोकिएको छ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार गुप्तालाई काठमाडौंस्थित कार्यालयमा उपन्यायाधिवक्ताको पदमा कामकाज गर्ने गरी तोकेको हो। कार्यालयले सरकारी वकिलसम्बन्धी नियमावली, २०७७ को नियम २१ को उपनियम (३) बमोजिम अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी तोकिएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)