कोरोना प्रभावित व्यवसायीले ५ करोड रूपैयाँसम्म पुनर्कर्जा पाउने
rajdhanidaily.com · Mon Nov 01 23:45:52 GMT 2021
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीको प्रभावले समस्यामा परेका उद्योगी व्यवसायीलाई आवश्यक ऋण उपलब्ध गराउन वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लुघवित्तलाई पुनर्कर्जाका लागि आवेदन दिन यस्तो आग्रह गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले आगामी १९ मंसिरसम्म आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार अति प्रभावित क्षेत्र पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपक्षी, मौरी तथा मत्स्यपालन व्यवसाय गर्नेहरू पुनर्कर्जाका लागि योग्य हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)