रोमान्चक खेलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा
kendrabindu.com · Sat Oct 28 00:49:38 GMT 2023
दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्दै शीर्षस्थानमा उक्लिएको छ। यो जितसँगै दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पछि पार्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।
जितको लागि २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४७.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। दक्षिण अफ्रिकाको जितमा मध्यक्रमका ब्याटर एडेन माक्ररमले ९३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए। स्पिनर उस्मा मिरको ४१ औं ओभरको दोस्रो बलमा माक्ररम बाबर आजमबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)