प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा
ratopati.com · Tue Nov 07 07:01:00 GMT 2023
वीरगञ्ज । नेपाल पुलिस क्लव ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
पुलिस क्लबले सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिष्पर्धा गर्ने छ । सोमबार भएको खेलमा पहिलो हाफमै पुलिसका प्रताप गुरुङ्ग एक्लैले पाँच गोल गरे भने दोश्रो हाफमा पुलिसका प्रविण थापा र विवेक सन्तोषीले एक÷एक गोल गरेका थिए । खेलको अन्तिम समयमा कलकत्ताका अमन मुन्सीले सान्त्वना गोल फर्काएको आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)