मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

होपको विस्फोटक शतक र किमो पलको ५ विकेट : चौथो टी- ट्वान्टीमा वेस्टइन्डिजसामु भारत स्तब्ध

ratopati.com · Wed Oct 14 17:46:01 GMT 2026

काठमाडौँ । ओपनर साइ होपको विष्फोटक कीर्तिमानी शतक तथा किमो पलको घातक बलिङको सहयोगमा वेस्टइन्डिजले चौथो टी- ट्वान्टी खेलमा भारतलाई २४ रनले पराजित गरेको छ । हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा बुधबार जित हात पार्दै पाहुना टोली वेस्टइन्डिजले पाँच खेलको शृङ्खला २-२ को बराबरीमा पुर्‍याएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २४७ रनको विशाल योगफल खडा गरेको थियो । उसका लागि साइ होपले आक्रामक ब्याटिङ गर्दै मात्र ५० बलमा १०२ रनको शतकीय इनिङ्स खेले । होपलाई मध्यक्रममा शेरफेन रदरफोर्डले २६ बलमा ४९ रन तथा शिमरोन हेटमायरले १२ बलमा विष्फोटक ३३ रन बनाएर बलियो साथ दिए । भारतका प्रिन्स यादवले ४ ओभरमा ३६ रन, अक्षर पटेलले ४५ रन तथा अर्शदीप सिंहले ५२ रन खर्चेर समान १-१ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)