सुन्तला जोगाउन बगैँचामा विज्ञ
gorkhapatraonline.com · Mon Sep 04 06:56:21 GMT 2023
प्रतीक इच्छुक शर्मा
सल्यान, भदौ १८ गते । सल्यान जिल्लाको सुन्तलामा देखिएको पिङ्क डिजिज रोगको अध्ययनका लागि कृषिविज्ञको समूह किसानको बिचमा पुगेका छन् । केही समयअघि जिल्लाको बागचौर नगरपालिका–८ र ९ का सुन्तला बगैँचामा देखिएको रोगको नमुना सङ्कल गरी राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रमा पठाइएको थियो । परीक्षणबाट सुन्तलामा पिङ्क डिजिज (गुलाबी रोग) पुष्टि भएको थियो । त्यसपछि विज्ञको टोली किसानको बगैँचामै पठाएर उपचार सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)