हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
gorkhapatraonline.com · Wed Oct 14 18:11:30 GMT 2026
काठमाडौँ, असोज २८गते । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् ।
विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २८ करोड २४ लाख १४ हजार ५६ रोयल्टी सङ्कलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)