रघुगंगामा सुरु भयो करदाता सेवा, अब प्यान र कर दर्ताका लागि बागलुङ धाउन नपर्ने
bishowkhabar.com · Thu Aug 13 04:47:40 GMT 2026

काठमाडौं– रघुगंगा गाउँपालिकामा बुधबारदेखि करदाता सेवा औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाको मौवाफाँटस्थित कार्यालयबाट अब स्थायी लेखा नम्बर (प्यान) जारी, व्यवसायको आयकर दर्ता, प्यान संशोधन, दर्ता खारेजी तथा व्यावसायिक प्यानलाई व्यक्तिगत प्यानमा रूपान्तरण गर्ने सेवा उपलब्ध हुने भएको हो ।
यसअघि यी सेवा लिन रघुगंगाका सेवाग्राहीहरू आन्तरिक राजस्व कार्यालय बागलुङ पुग्नुपर्ने बाध्यता थियो । गाउँपालिकामै सेवा उपलब्ध भएपछि समय र खर्च दुवैको बचत भएको स्थानीयहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)