मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थाले

barnanmedia.com · Sun Sep 29 21:35:45 UTC 2024

सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन् । शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो । खपडाको छाना भएको यादवको कच्ची घर लडेको प्रहरीले जनाएको छ । चार फिटसम्म पानी जमेपछि माटो गलेर घर भत्किएको स्थानीयको भनाइ छ ।

डुबानमा परेर घर भत्किएपछि बिचल्ली भएको यादवले गुनासो गरे । लगातारको वर्षापछि बागमती, लखन्देही र झिम नदीको बाँध फुटेर गाउँमा पानी पसेको थियो । पानी पसेपछि गाउँका कच्ची घरहरू भत्किन थालेका हुन् । घर भत्किएपछि कतिपयले आफन्तका घरमा शरण लिएपनि अधिकांशले पानी जमेकै घरमा रात बिताएको रामनगर गाउँपालिकाका स्थानीयवासी जितेश यादवले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)