मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

ratopati.com · Sun Feb 15 22:26:35 GMT 2026

भोजपुर । रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।

गाउँपालिकाभित्र रहेका लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी गर्न इच्छुक युवालाई लक्षित गरी ४५ दिनको निःशुल्क विशेष तयारी कक्षा सुरु गरेको हो । स्थानीय तहबाटै लोक सेवा तथा शिक्षक सेवासम्बन्धी जागरण फैलाएर सक्षम र राष्ट्रप्रति उत्तरदायी कर्मचारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । उनका अनुसार युवापुस्तामा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्दै उनीहरूलाई सक्षम, सबल र आत्मनिर्भर बनाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)