मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन क्यानडामा हुने

ratopati.com · Wed Oct 14 18:28:02 GMT 2026

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोस्थित होटल रेडिसनमा आयोजना हुने भएको छ । ‘समृद्धि : Connecting for Prosperity’ नाराका साथ आयोजना हुन लागेको उक्त सम्मेलनमा सहभागी हुन एनआरएनए अमेरिकाजका क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलले विश्वभरका गैरआवासीय नेपाली अभियन्ताहरूलाई निमन्त्रणा गरेका छन् ।

विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप र प्रविधिलाई मातृभूमिको विकाससँग जोड्ने उद्देश्य राखिएको यस सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई समेत आमन्त्रण गरिएको छ । सम्मेलनमार्फत सरकार र डायस्पोराबिच प्रत्यक्ष संवाद स्थापित गर्दै करिब १० करोड अमेरिकी डलर बराबरको लगानी सम्भावना, सामूहिक लगानीका परियोजना र लगानीमैत्री नीतिका विषयमा गहन छलफल गरिने तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)