झ्याप्ले खोलामा पहिरो हटाइपछि ४८ घण्टापछि सडक दुईतर्फी खुल्याे
barnanmedia.com · Sun Sep 29 21:48:40 UTC 2024

राजधानी काठमाडौंसँग जोडिएका नाका ४८ घन्टासम्म अवरुद्ध रहे। भीषण वर्षासँगै पहिरो खस्दा शुक्रबार र शनिबारबाट राजधानीसँगका सबै राजमार्ग अवरुद्ध बनेका थिए।
४८ घन्टापछि राजधानीसँगको मुख्य नाका नागढुंगा–मुग्लिन र त्रिभुवन राजपथ–चित्लाङ–चन्द्रागिरी हुँदै काठमाडौं जाने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ। आइतबार साँझ ६ बजे पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको नागढुंगा–मुग्लिन सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाले बताए। राजमार्ग एकतर्फी सञ्चालनमा आए पनि सडकमा रोकिएकाबाहेक अन्य सवारीसाधन राति सञ्चालनमा रोक लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)