मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा निर्वाचन आज: यी कागजातले मतदान गर्न सकिने

ratopati.com · Wed Mar 04 18:31:24 GMT 2026

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भएको र सरकारले ढुक्क भएर मतदान गर्ने वातावरणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।

यस निर्वाचनमार्फत प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । देशभरका १० हजार ९६७ मतदान स्थलमा रहेका २३ हजार ११२ मतदान केन्द्र तथा १४३ अस्थायी मतदान केन्द्रबाट कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)