नेपालको पहिलो जित, १२औं खेलमा हारको शृङ्खलामा पूर्णविराम
barnanmedia.com · Sun Sep 29 21:51:22 UTC 2024
क्यानडामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको हो ।
लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औं खेलमा आएर हारको शृङ्खलामा पूर्णविराम लगायो । नेपालले सोमवार विहान सकिएको खेलमा ओमानमाथि ३७ रनको जित हात पारेको हो । नेपालले जितका लागि दिएको १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)