माथिल्लो तामाकोशीमा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला
barnanmedia.com · Sun Sep 29 21:56:22 UTC 2024

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आज फेला परेको हो । तर शवको पहिचान भने हुन सकेको छैन । दुवै शव नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी चरिकोट ल्याइएको छ । ती शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)