भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान
rajdhanidaily.com · Thu Aug 13 05:13:41 GMT 2026

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ‘रैथाने बाली खेती प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रम’ सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
‘लोप हुने जोखिममा रहेका रैथाने बाली जोगाउने र कृषिकलाई यसतर्फ आकर्षित गराउने उद्देश्यका साथ हामीले कृषक प्रोत्साहनको यस खालको कार्यक्रम अघि सारेका हौँ’, उनले भने, ‘पालिकाका सबै वडामा कोदोखेती गर्ने किसान तथा कृषि फर्मले प्रोत्साहन अनुदानका लागि आवेदन दिन सक्नेछन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)