मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

barnanmedia.com · Sun Sep 29 22:10:06 UTC 2024

आर्थिक सङ्कटमा परेको पाकिस्तानको सङ्घीय सरकारले धेरै संस्थाहरू निजीकरण गर्न प्राथमिकता दिने एआरवाई न्यूजले स्रोतहरूलाई उल्लेख गर्दै बताएको छ । निजीकरण विफल भएको अवस्थामा सरकारको दोस्रो विकल्प भनेको ती संस्थाहरू बन्द गर्ने रहेको छ ।

एआरवाई न्यूजका अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले निजीकरण तथा उद्योग मन्त्रालयलाई निजीकरण प्रक्रियाको निगरानी गर्न निर्देशन दिनुभएको छ ।मन्त्रालयले पाकिस्तान स्टोन डेभलपमेन्ट कम्पनी, पाकिस्तान अटोमोबाइल कर्पोरेशन र पाकिस्तान इन्स्टिच्युट अफ म्यानेजमेन्टलगायत निजीकरणका लागि धेरै संस्थाहरू पहिचान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)