धनुषा-१ मा मातृका यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी
ekantipur.com · Sat Nov 26 18:29:49 GMT 2022
काठमाडौँ — धनुषा निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी नेपालका दीपक कार्की विजयी भएका छन् । उनले २७ हजार ४३१ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)का मातृका यादवले २१ हजार ४८३ मत प्राप्त गरे ।
जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४६७ र राप्रपाका उम्मेदवार मनोज मल्ल ठकुरीले आठ हजार २७३ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)