छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
ratopati.com · Wed Mar 04 19:11:56 GMT 2026

काठमाडौँ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।
आज (बिहीबार) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमति पत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)