मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलका घोषणापत्रमा सेयरदेखि रोजगारीसम्मका बाचा

rajdhanidaily.com · Sun Feb 15 23:25:53 GMT 2026

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल धमाधम घोषणापत्र (प्रतिबद्धतापत्र) सार्वजनिक गर्दै छन् । उज्यालो नेपाल पार्टी (उनेपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आइतबार घोषणापत्र सार्वजनिक गरेका छन् ।

यसअघि, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), आम जनता पार्टी (आजपा), राष्ट्रिय मुक्ति पार्टी नेपालसहितका दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । विघटित प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने जनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)