मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक, यी हुन् चल्न पाउने सावरी

ratopati.com · Wed Mar 04 19:37:31 GMT 2026

काठमाडौँ। आज (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसमा सरकारले सवारीसाधन सञ्चालनमा विशेष कडा पारेको छ । आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रोक लगाउन सिफारिस गरे बमोजिम आज (बिहीबार) बिहान १२ बजेदेखि साँझ ५ बजेसम्म (मतदान कार्य नसकिउन्जेल) सम्मका लागि देशभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन् । मतदान प्रक्रियालाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले मतदान अवधिभर सर्वसाधारणले प्रयोग गर्ने बस, माइक्रो, ट्याक्सी र व्यक्तिगत सवारीसाधनहरू सञ्चालन गर्न पाइने छैन ।

निर्वाचनको दिन मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि मुख्यतया तीन प्रकारका सवारीसाधनलाई मात्र सञ्चालनको अनुमति दिइएको छ । सूचना अधिकारी घिमिरेका अनुसार अति आवश्यक सेवाका सवारीसाधन अन्तर्गत एम्बुलेन्स, दमकल, शववाहन, रगत सञ्चारका सवारीसाधनका साथै खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनहरूलाई निर्बाध सञ्चालन गर्न दिइनेछ । यसका साथै कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनहरूले मात्र सडकमा गुड्ने अनुमति पाउने आयोगले स्पष्ट पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)