मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सफल प्रयास

rajdhanidaily.com · Tue Jun 01 23:24:33 GMT 2021

कोरोना महामारी संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुग्दै गर्दा सिंगो राज्य सत्तासहित राज्यका कार्यकारी प्रधानमन्त्री तथा राष्ट्रपतिले विदेशी कूटनीतिक नियोगमार्फत कोरोनाविरुद्धको भ्याक्सिन सहयोग उपलब्ध गराउन माग गरेसँगै यो प्रयासले सार्थकता पाएको छ । राष्ट्रपतिको आग्रहमा चीनबाट ८ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध भएसँगै अन्य देशहरूबाट पनि सहयोग प्राप्त हुने प्रयास अघि बढेको छ । चीनपछि युरोपी देशले पनि कोरोना खोप दिने वचनबद्धता जाहेर गरेका छन् । अमेरिका र बेलायतले खोप उपलब्ध गराउन अन्तिम तयारी गरिरहेको बुझिएको छ । राज्यको सर्वोच्च निकायबाट गरिएको यो प्रयास आफैंमा सरहानीय रहेको छ । जनस्वास्थ्यप्रति गम्भीर चासो व्यक्त मात्र नगरेर त्यसको निदान र उपचारका लागि राष्ट्रपतिको तर्फबाट जुन पहल भएको छ यो आफैंमा सरहानीय रहेको छ । राष्ट्रपतिको यो चासो केवल चासोका रूपमा मात्र नभएर एक सफल प्रयासका रूपमा परिणत भएको छ । राज्यका कार्यकारीका यस्ता प्रयास आफंैमा देश र जनताका लागि निकै उपयोगी त हुन्छन् नै त्यसमा पनि देश र जनताप्रतिको दायित्व गम्भीर रूपमा अभिव्यक्त भएको पनि पाइन्छ । कूटनीतिक तथा राजनीतिक पहलद्वारा गरिने प्रयास रणनीतिक प्रकृतिका हुन्छन् । तर, राज्यको कार्यकारीका हैसियतले गरिने प्रयास तत्कालीन र कार्यनीति प्रकृतिका हुन्छन् । वर्तमान अवस्थामा राष्ट्रपतिले गरेको प्रयास यस्तै कार्यनीतिक तथा तत्कालीन प्रयासका रूपमा अभिव्यक्त भएको छ ।

कोरोना महामारीको दोस्रो लहरले जनसमुदायलाई आकुलव्याकुल बनाइरहेका बेला रणनीतिक खालका पहल र सोचले त्यति फाइदा पु¥याउन सक्दैनन् । महामारीको उकालो लाग्दो अतिक्रमण रोक्न र जनताको जीवन जोगाउन तत्काल पहल जरुरी हुन्छ । यस्तै, उदाहरणीय अभिव्यक्तिका रूपमा राष्ट्रपतिको पहल देखापरेको छ । जसका कारण जन साधारणले बिरामी परेको र महामारी पचुलिएकै बखत खोप दिन पाउने भएका छन् । योभन्दा ठूलो उपकार र दायित्वबोध अरू के हुन सक्छ । समयमै समस्याको पहिचान गर्न सक्ने, त्यसको निराकणका लागि पहल लिन सक्ने र त्यसबाट पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न सक्षम हुनु ठूलो बुद्धिमतापूर्ण कार्य हो । यसका लागि जनता त धन्य छँदै छन् पहलकर्ताप्रति पनि उत्तिकै आभार रहेका छन् । सरकारले पनि आफ्नो तर्फबाट पहल कदमी अघि बढाइरहेको छ । जनताको सुवास्थ्य सुरक्षाका लागि आफ्नो पहल निकै बढाइरहेको छ । राज्य र राज्यको कार्यकारी अंगबाट भएको यो सक्रिय पहल कदमीले जनतामा बेलैमा उपचारका साथै आशा, भरोसा र विश्वासको वातावरण सिर्जना भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)