मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्व आर्थिक स्थायित्वका लागि बढ्दो चुनौतीप्रति आईएमएफको ध्यानाकर्षण

barnanmedia.com · Wed Oct 14 20:15:00 GMT 2026

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने बताउनुभएको छ । मध्यपूर्वमा बढ्दो तनाव र ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व अर्थतन्त्रसमक्ष थप चुनौती सिर्जना गरेको उहाँको भनाइ छ । बैंककमा जारी आईएमएफ र विश्व बैंकको वार्षिक बैठकका क्रममा बुधबार आयोजित पत्रकार सम्मेलनमा जर्जिएभाले साउदी अरब क्षेत्रीय तथा विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण देश भएकाले त्यहाँको अस्थिरताले अन्य मुलुकमा समेत असर पार्न सक्ने बताउनुभयो ।

पछिल्ला दिनमा साउदी नेतृत्वको गठबन्धन र यमनका हुथी विद्रोहीबीचको द्वन्द्व चर्किएको छ । यस क्रममा साउदी अरबका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएका छन् । सप्ताहन्तमा रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको र विमानस्थलको सञ्चालन प्रभावित भएको विवरण सार्वजनिक भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)