अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग
ratopati.com · Wed Oct 14 20:22:00 GMT 2026

रुपन्देही । बालश्रम तथा जोखिममा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालले आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका बालबालिकाका परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ ।
सिविन नेपालअन्तर्गत सञ्चालित बाल हेल्पलाइन, रुपन्देहीको बेन परियोजनामार्फत सिद्धार्थनगर नगरपालिकाका छ घरपरिवारलाई बुधबार खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको हो । आर्थिक अभावका कारण दैनिक जीविकोपार्जन तथा खानपानको व्यवस्था गर्न पनि कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गरी सहयोग गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)