मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको राजधानी तेहरानमा इजरायलको अर्को चरणको आक्रमण सुरु

ratopati.com · Wed Mar 04 20:25:13 GMT 2026

काठमाडौँ । इजरायली सेनाले इरानको राजधानी तेहरानमा पुनः शक्तिशाली हवाई आक्रमणको शृङ्खला सुरु गरेको घोषणा गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बुधबार राति एक विज्ञप्ति जारी गर्दै इरानी शासनसँग सम्बन्धित सैन्य पूर्वाधारहरूलाई लक्षित गरी दोस्रो चरणको थप आक्रमण सुरु गरिएको जनाएको हो ।

आईडीएफले आक्रमणका विशिष्ट स्थानहरूबारे थप विवरण नदिए पनि छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने बताएको छ । समाचार एजेन्सी एएफपीका अनुसार पत्रकारहरूले बुधबार राति तेहरानमा एक शक्तिशाली विस्फोट भएको प्रत्यक्ष देखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)