मतदान केन्द्रदेखि मतगणनास्थलसम्म अनुगमन, बोडे मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्व
ratopati.com · Wed Mar 04 20:36:58 GMT 2026

भक्तपुर । आज हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै यहाँ जिल्ला सुरक्षा परिषद्सहितको टोलीले बुधबार जिल्लाका मतदान केन्द्रदेखि मतगणना स्थलसम्मको अनुगमन सम्पन्न गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सञ्चारकर्मी सम्मिलित टोलीले मतदानस्थलको अवलोकन गरेको हो । त्यसै क्रममा क्षेत्र नं १ को मतगणना हुने स्थान विद्युत् प्राधिकरणको तालिम केन्द्र खरिपाटी र क्षेत्र नं २ को मतगणना हुने बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रको अवलोकन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)