१२ वर्ष माथिकालाई आइतबारदेखि खोप
ekantipur.com · Sat Dec 18 01:13:26 GMT 2021
काठमाडौँ — सरकारले बालबालिकाका लागि आइतबारदेखि ५७ जिल्लामा कोभिडविरुद्धको मोडर्ना खोप दिने भएको छ । १२ देखि १७ वर्षसम्मकालाई पुस १४ सम्म उक्त खोप दिइनेछ । खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी तथ्यांकअनुसार १२ देखि १७ वर्ष उमेर समूहको संख्या ३४ लाख २५ हजार ४ सय ८ छ ।
यस्तै, पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने सरकारी तयारी छ । फाइजरको अर्को डोज माघ ४ देखि १३ सम्म दिइनेछ । ‘जुन जिल्लामा अत्यन्त न्यून तापक्रममा खोप भण्डारण गर्ने क्षमता छ, त्यहाँ फाइजर र त्यो क्षमता नभएका जिल्लामा मोडर्ना खोप दिइने भएको हो,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । फाइजर माइनस ७० डिग्री सेल्सियस र मोडर्ना माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)