कार्यालयमा सामाजिक सञ्जाल प्रयोगमा रोक
gorkhapatraonline.com · Tue Jun 09 02:56:02 GMT 2026

कार्यालय सेवा प्रवाहलाई थप प्रभावकारी, मर्यादित तथा अनुशासित बनाउन रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ ।
कार्यालय समयभित्र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सेवा प्रवाहमा असर परेको भन्दै कार्यसम्पादनमा सुधार ल्याउन फेसबुक, टिकटक र युट्युब प्रयोगमा रोक लगाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले सूचना जारी गरेर कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं