किसानलाई भुक्तानी गर्ने बहानामा डीडीसीलाई १२५ करोड ऋणको भारी
ekantipur.com · Thu Sep 05 23:33:45 UTC 2024

काठमाडौँ — सरकारसँग तीन पटक गरी ६५ करोड ऋण लिइसकेको दुग्ध विकास संस्थान (डीडीसी) लाई थप ६० करोड ऋण दिने निर्णय बिहीबार मन्त्रिपरिषद्ले गरेको छ । किसानबाट संकलन गरेको दूध सर्वसाधारणलाई नगदमा नै बेच्ने डीडीसीले किसानलाई भने कहिल्यै समयमा भुक्तानी दिने गरेको छैन ।
डीडीसीले किसानलाई तिर्नुपर्ने बक्यौता यही भदौ १७ सम्म करिब १ अर्ब २० करोड रुपैयाँ छ । किसानले पाउनुपर्ने रकम डीडीसी र निजी डेरीको गर्दा करिब ३ अर्ब रुपैयाँ रहेको दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्य बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)