पर्वतमा काठ चोर समातिए
janaaastha.com · Thu Feb 03 16:50:51 GMT 2022
पर्वतमा सल्लाको काठ थुपारेका एक जनालाई प्रहरीले समातेको छ । उनलाई आज बिहान जलजला गाउपालिका २ साममारेबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय अर्जुनबहादुर विश्वकर्मा हुन् । उनले आफ्नो घरबाट अन्दाजी एक सय मिटर पश्चिमतर्फ रहेको टहरोमा सल्लाको चिरान काठ भण्डारण गरेर राखेका थिए । विशेष सुराकीका आधारमा प्रहरीले विश्वकर्मालाई डिभिजन वन कार्यालय पर्वतमा बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)