मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

घरेलु मैदानमा म्यानचेस्टर सिटी स्तब्ध, पिएसजी ४-२ ले विजयी

ratopati.com · Wed Oct 14 20:58:50 GMT 2026

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत सम्पन्न बहुप्रतीक्षित तथा रोमाञ्चक खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट(जर्मेन (पिएसजी) ले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । अर्लिङ हालाण्डको दुई गोलका बाबजुद पहिलो हाफमै उत्कृष्ट लय समातेको पिएसजीले खेल आफ्नो पक्षमा पारेको हो ।

खेलमा पाहुना टोली पिएसजीले सुरुवातमै आक्रामक दबाब बनाएको थियो । १३औँ मिनेटमा डेसिरे डुएले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै अर्थात् १५औँ मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । म्यानचेस्टर सिटी सम्हालिन नपाउँदै खेलको ३२औँ मिनेटमा भिटिन्हाले गोल गरेपछि पिएसजीले पहिलो हाफमै ३-० को बलियो अग्रता बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)