क्यालिफोर्नियामा मतदाता सूचीको विवाद चर्काउँदै ट्रम्प प्रशासन
annapurnapost.com · Wed Oct 14 20:52:47 GMT 2026

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूलाई लस एन्जलस काउन्टीको मतदाता नामावलीमा रहेका भनिएका गैरनागरिकहरूको सूची ४८ घण्टाभित्र समीक्षा गर्न चेतावनी दिएको छ । तोकिएको समयभित्र आवश्यक कदम नचाले कानुनी कारबाही अघि बढाउने न्याय विभाग (डीओजे) ले जनाएको छ ।
न्याय विभागका अधिकारीहरूले हस्ताक्षर गरेका पत्रमार्फत दिइएको यो चेतावनी मतदाता नामावलीको छानबिनलाई तीव्र बनाउने प्रशासनको प्रयासको पछिल्लो कदम हो । यसअघि पनि केही राज्यमा निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्ने प्रशासनको प्रयासलाई अदालतहरूले अस्वीकार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)