मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोमाको हातबाट जित खोस्दै रियल म्याड्रिडको ४-३ को रोमाञ्चक जित

ratopati.com · Wed Oct 14 21:02:32 GMT 2026

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न निकै रोमाञ्चक र नाटकीय खेलमा स्पेनिस महारथी रियल म्याड्रिडले इटालियन क्लब रोमालाई ४-३ गोल अन्तरले पराजित गरेको छ । खेलको ८२औँ मिनेटसम्म ३-१ ले पछाडि परेको रियल म्याड्रिडले अन्तिम सात मिनेटभित्र लगातार तीन गोल गर्दै अविश्वसनीय पुनरागमन जित दर्ता गरेको हो ।

खेलको २०औँ मिनेटमा मार्टेन डे रुनले गोल गर्दै रोमालाई १-० को सुरुवाती अग्रता दिलाएका थिए। तर, २५औँ मिनेटमा स्टार फरवार्ड किलियन एमबाप्पेले रियल म्याड्रिडका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा रोमाले आक्रामक लय समात्यो । डोन्येल मालेनले ५१औँ र ५८औँ मिनेटमा लगातार दुई गोल गरेपछि रोमाले ३-१ को बलियो अग्रता बनाउँदै जिततर्फ कदम बढाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)