मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डिपोर्ट गर्न बेलायतमा पक्राउ गरिएका नेपाली रिहा

nayapatrikadaily.com · Fri Apr 07 00:33:00 GMT 2023

नेपाल डिपोर्ट गर्न बेलायतको अध्यागमन कार्यालयले पक्राउ गरेका १० नेपालीलाई हिरासतमुक्त गरेको छ । बेलायत बस्ने कानुनी आधार हुँदाहुँदै पनि उनीहरूलाई पक्राउ गरेर नेपाल पठाउने तयारी थियो । नेपाली दूतावासको कूटनीतिक प्रयासपछि बेलायत प्रहरीले उनीहरूलाई बिहीबार रिहा गरेको हो ।

अफगानिस्तानमा तालिबानको शासन सुरु भएसँगै काबुलस्थित बेलायती दूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मी लन्डन फर्काएको बेलायतले उनीहरूलाई नेपालतर्फ डिपोर्ट गर्न लागेको थियो । ‘उहाँहरू सबै रिहा हुनुभएको छ,’ लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनालले नयाँ पत्रिकासँग भनिन्, ‘गृह प्रशासनले हामीलाई विस्तृतमा केही भनेको छैन । तर, पक्राउ परेका सबैजनासँग बेलायत बस्ने कानुनी कागजात भएको हुनाले फेरि यस्तो कार्य हुनेछैन भन्नेमा हामी विश्वस्त छौँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)