इस्कोको निर्णायक पेनाल्टीमा रियल बेटिस विजयी, पोर्टो ३-२ ले स्तब्ध
ratopati.com · Wed Oct 14 21:07:27 GMT 2026
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब रियल बेटिसले पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । सबै पाँच गोल दोस्रो हाफमा सम्भव भएको यस खेलमा अनुभवी मिडफिल्डर इस्कोको निर्णायक पेनाल्टी गोलसँगै बेटिसले घरेलु मैदानमा रोमाञ्चक जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै खेलले आक्रामक मोड लियो । खेलको ४७औँ मिनेटमा अब्दे एजालजुलीले गोल गर्दै रियल बेटिसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पोर्टोले उत्कृष्ट पुनरागमन गर्दै केही मिनेटभित्रै खेल उल्ट्यायो । ५४औँ मिनेटमा गाब्री भेइगाले बराबरी गोल फर्काए भने ६१औँ मिनेटमा सामु आगेहोवाले गोल गर्दै पोर्टोलाई २-१ को अग्रता दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)