जापानी पत्रकारलाई निष्पक्ष व्यवहार गर्न रुसलाई आग्रह
barnanmedia.com · Wed Oct 14 21:15:00 GMT 2026

जासुसीको आरोपमा रुसले पक्राउ गरेका जापानी पत्रकार युकी इमाईलाई निष्पक्ष व्यवहार गर्न जापानले मस्कोसँग आग्रह गरेको छ । जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीले बुधबार रुसी अधिकारीहरूसँग पत्रकारबारे शीघ्र जानकारी उपलब्ध गराउन र उहाँको सुरक्षा सुनिश्चित गर्न अनुरोध गरिएको बताउनुभयो ।
रुसको विदेश मन्त्रालयले इमाई होक्काइडो सिम्बुन अखबारका पत्रकार भएको जनाएको छ । रुसी सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले उहाँलाई सखालिन टापुमा पक्राउ गरी जापानी गुप्तचर निकायका लागि रुसी रक्षा क्षेत्रसम्बन्धी सूचना सङ्कलन गरेको आरोप लगाएको छ । उहाँविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको र डिसेम्बर १२ सम्म हिरासतमा राखिने रुसी सञ्चारमाध्यमले जनाएका छन् । अभियोग प्रमाणित भए उहाँलाई २० वर्षसम्म जेल सजाय हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)