मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसमा आंशिक रूपमा सेना परिचालन गर्न राष्ट्रपति पुटिनको आदेश

Ujyaaloonline.com · Thu Sep 22 00:50:22 GMT 2022

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आंशिक रूपमा सेना परिचालन गर्न आदेश दिनुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यो कदम भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताउनुभएको छ। टेलिभिजन सम्बोधनका क्रममा पुटिनले पश्चिमा देशहरुले रुसलाई कमजोर देख्न चाहेको आरोप समेत लगाउनुभयो ।

आक्रमणपछि रुसले कब्जा गरेका केही क्षेत्र युक्रेनले पुनः आफ्नो नियन्त्रणमा लिएसँगै पुटिनले सेना परिचालनको आदेश दिनुभएको हो । अहिले जगेडामा राखिएका सेनालाई मात्रै परिचालनका लागि बोलाइएको छ। रुसमा झण्डै २० लाख जगेडा सेना रहेको अनुमान छ । तर अहिले तीन लाख सेना परिचालन हुने रुसी रक्षामन्त्री सर्गेइ शोइगुलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)